कीर्तिपुर– कीर्तिपुर नगरपालिका– ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कीर्तिपुर नगरपालिकाकी कार्यवाहक उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा तोडफोड गरेका छन् ।
वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उपमेयरको कार्यकक्षमा पुगेका वडाध्यक्ष महर्जनले त्यही विषयमा विवाद लम्बिदा टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार, आफ्नो वडाको बाटोको काम लिएर नगरपालिका पुगेका वडाध्यक्ष महर्जनले बाटो बिस्तार लागि एउटा सूचना निकाल्न नगरपालिकाले ढिलाइ गरेको भन्दै गुनासो गरेका थिए । उनी आउँदा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल अर्कै बैठकमा व्यस्त थिए । वडाध्यक्ष महर्जले झण्डै दुई घन्टा प्रतीक्षा गर्नुपरेको थियो ।
त्यही झोंकमा उपमेयर शाक्यको कार्यकक्ष पुगेका उनले त्यहाँ रहेको सिसाको टेबुलमा लात्ताले हानेका थिए । ‘सिसाको टेबुल झिरिप्पै फुट्यो’, ती कर्मचारीले भने ।
यता उपमेयर शाक्यले वडाध्यक्षले माफी ढृढसहित फुटेको टेबुल पनि उठाउन मानेकी छैनन् । नगरपालिकाको सम्पत्ति क्षति भएकाले त्यसको क्षतिपूर्ति तिनुपर्ने र माफी माग्नुपर्ने उनको भनाई छ ।
यद्यपि आहिले दुई पक्षबीच छलफल भइरहेको जनाएको छ । उपमेयरको मागअनुसार वडाध्यक्ष तयार भएमा प्रहरीमा केस नजाने प्रवक्ता दिवाकर अधिकारीको भनाई छ ।



























































