काठमाडौँ – यस वर्षको बहुप्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गरिएको छ । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर ‘पुष्पा २’को ट्रेलर आइतबार साँझ भारतको पटनास्थित गान्धी मैदानमा २ लाख भन्दा बढी दर्शकका बीच रिलिज गरिएको हो ।


ADVERTISEMENT


ट्रेलरमा अल्लु अर्जुन पुष्पराजको भूमिकामा एक्सन र जबरदस्त एक्सन देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीका रुपमा शानदार रुपमा प्रस्तुत भएकी छन् । ‘पुष्पा २’ यसअघिको ब्लकबस्टर फिल्म पुष्पाको दोस्रो सिक्वेल हो ।


ADVERTISEMENT

# # #


पुलिसको भूमिकामा रहेका फहाद फासिल पनि जबरजस्त देखिएका छन् । डिसेम्बर ५ देखि विश्वभर रिलिज हुने ‘पुष्पा २’लाई सुकुमारले निर्देशन गरेका हुन् ।