काठमाडौं – वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।