पोखरा– सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।


ADVERTISEMENT


भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।