काठमाडौँ–काठमाडौँ महानगरले नेकपा एमालेलाई जरिवानाको पत्र इमेलमा पठाएको छ ।


ADVERTISEMENT


एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरले जरिवानास्वरुप एक लाख रुपैयाँ तोकिएको जरिवाना पत्र आधिकारिक इमेलमा पठाएको हो ।


ADVERTISEMENT

# # #


हिजो महानगरीय टोली जरिवानाको पत्रसहित एमालेको केन्द्रिय कार्यालय च्यासल पुगेको थियो । तर, महानगरको एक टोली पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले भने पत्र बुझ्न अस्वीकार गरेको थियो ।

उक्त जागरणसभा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको नभई जिल्ला कमिटीले आयोजना गरेकाले पत्र बुझ्न नसक्ने जवाफ एमाले मुख्यालयले दिएपछि महानगरीय टोली पत्र नबुझाई फर्केको थियो ।