जितपुर,कपिलवस्तु(रासस)-बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।


ADVERTISEMENT


कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।