– प्रदिप थापा


ADVERTISEMENT


कुन बस्तीले ओझेल पार्‍यो सुन्दर गाउँघर
तिम्लाई सम्झी बुढी आमै रुन्छिन् धरधर
धान झुल्ने खेतका गरा बनसाराले ढाको
ठम्याउनलाई गाह्रो पर्ला घर आउने बाटो


ADVERTISEMENT

# # #


गीत गाउँदै परदेशीलाई लेख्दै छु म चिठी
तिम्रै मात्र नाम लिन्छिन् हुँदा पनि घिटीघिटी

कुवा, धारा, खोल्सी बन्यो छैन पानीको आहाल
अन्नको भण्डार हुन्थ्यो, अहिले रैछ अनिकाल
मदानी र ठेकी छैन मूल थाम्मा धमिराको गोला
छम्‌छम्‌ गरी नाच्ने आँगन कहाँ पुग्यो होला ?

गीत गाउँदै परदेशीलाई लेख्दै छु म चिठी
तिम्रै मात्र नाम लिन्छिन् हुँदा घिटीघिटी

ठेगाना : गोलन्जोर -५ सिन्धुली