काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।


ADVERTISEMENT


न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट खारेज गरिदिएको छ ।


ADVERTISEMENT

# # #


प्रसाईंलाई गैरकानूनी रूपमा हिरासतमा लिएको भन्दै उनका छोरा निराजनले हिरासतमुक्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। निवदेनमा उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएका थिए ।

प्रसाईले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए । यसै अभियोगमा पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएकोमा फेरि ५ दिनको म्याद थपिएको छ ।

प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।