काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा छिटो अदालतमा पु¥याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा सिंहदरबारमा भेटेर रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सबै मुद्दा छिटो अदालत पुर्याउन आग्रह गरेका हुन् ।
प्रहरीले सभापति लामिछानेकोहिरासत बसाइँ लम्ब्याएर अनुसन्धान गर्ने भन्दै एकपछि अर्को जिल्लामा पठाइएको रास्वपाको गुनासो छ । परियारले प्रधानमन्त्री समक्ष रविलाई अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा मात्रै राख्ने ? भन्ने प्रश्न समेत राखेको एक नेता बताउँछन् ।
उनको प्रश्न उद्धृत गर्दै सो नेताले भने, ‘हिरासत कहिलेसम्म भन्ने पनि टुंगो भएन । प्रमाण यी छन् भनेर प्रचार गरिरहन परेन, त्यो प्रमाण हो कि होइन अदालतले पुष्टि गर्नुपर्ला । यदि त्यसो हो भने किन हिरासत लम्ब्याइरहने, अदालत पेश गरे भइहाल्यो । हामी अदालत फेस गर्न तयार छौं ।’ जवाफमा प्रधानमन्त्रीले रविलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएका उनको भनाई छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सहकारी रकम अपचलनको आरोपमा पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनीविरुद्ध रुपन्देही, काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । रुपन्देही लगेर उनको बयान लिइएको छ भने काठमाडौं पनि ल्याउने तयारी छ ।