काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेलेसाझा धारणा बनाएपछि संविधान संशोधनका विषयमा अन्य दलसंग छलफल गर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संविधानका मुलभूत मान्यताहरु संघियता र समावेशीता लगायतका विषयलाई यथावत राखी संविधानका कारण देखिएको गतिरोधहरु सच्याएर अघि बढ्ने र यसका लागि सबै दलहरुसंग छलफल गर्ने बताएका हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारीका बारेमा अन्य दलहरु संग छलफल गरेर टुङ्गो लगाउने उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै थापाले बीआरआई लगायतका विषयहरुबारे उठेको अनावश्यक हल्ला र आशंकाहरुलाई चिरेर प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाइने उल्लेख गरे ।

उनले सन् २०१७ मा भएका सहमतिहरु कार्यान्वयन गराउने गरी नेपाली कांग्रेस र एमालेले साझा धारणा बनाएर अघि बढ्ने र मुलुकको हित अनुकुल ऋण वा अनुदान ग्रहण गर्न सकिने स्पष्ट पारे ।

त्यस्तै थापाले अहिले नै पार्र्टी सभापतिको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता नभएकाले महाधिवेशन आएपछि यसबारे पार्टी नेता र कार्यकर्ताहरु छलफलबाट निर्र्णय लिइने बताए ।