काठमाडौँ – नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ती जनाएको हो । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्धा चलाउने काम घोर आपतीजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए । उनले उपनिर्वाचनपछि सरकारबिरुद्ध कडा ढंगले खवरदारी गर्ने जानकारी दिए । बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिदै सापकोटाले पालीका सम्मेलन र खवरदारी सभा सवै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए ।

त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रुप दिएको छ । यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।