काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदखि उत्पादन गर्दै आएको छ ।


ADVERTISEMENT


नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाईल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौता पत्र आदन प्रदान गरेका थिए ।


ADVERTISEMENT

# # #


समारोहमा विशिष्ट अतिथिको रुपमा पाल्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद मनिष झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भव्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गरे । नेपोभिट टाईल्सका अध्यक्ष शम्भु नाथ झाले भने, “नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएके स्थानहरु को गरिमा बडाउँछ, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौं । ”

यसरीनै जनकपुर बोल्टस्का निर्देशक अमित श्रेष्ठले भने, “नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौ ं।” यस्तै नेपोभिट टाइलस्को निर्देशका विभा झाले सप्मपुर्ण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी भएका टिमलाई जितको शुभकामना व्यक्त गरिन् ।