कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसंग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसंग तत्काल सम्वाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले ताप्लेजुङको पाथिभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरुको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संसोधन गर्न निर्देशन दिए अनुसार कोशी प्रदेशको बजेट पूनरावलोकन गरी संसोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए ।

बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेट अनुसार संचालनमा नरहेका कार्यक्रमहरु बारे पुनर्विचार गरेर बजेट संसोधन गरिने जानकारी दिए । एमाले र कांग्रेसका प्रतिनिधिहरु बाहेक प्रदेश सरकारका मन्त्रीहरु र सम्बन्धित सरोकारवालाहरु सहभागि भएका थिए ।

सो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थिति बारे जानकारी गराएका थिए ।