काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा टिकानिधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल आगामी ४ वर्षका लागि हुनेछ ।
पुनः सीईओमा नियुक्त भएपछि लोहनीले समृद्धि फाइनान्सलाई नयाँ उचाईंमा पुर्याउन हरसम्भव प्रयास गर्ने बताए ।



























































