काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको दोस्रो बंगलादेशले नेपाललाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


दुबई रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


बंगलादेशलाई सहजल जित दिलाउन जवाद अब्रारले सर्वाधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान अजिजुल हाकिमले पनि नटआउट ५२ रनको महत्वपूर्ण इनिङ खेले । फरिद हसनले १३ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले १ मेडेन राख्दै २३ रन खर्चिए । छैटौँ ओभरको अन्तिम बलमा फरिद हसनलाई एलबीडब्ल्यूको धरापमा पारेपछि खुसियाली मनाउने क्रममा खुट्टा मर्किएपछि उनले मैदान छोड्नुपर्यो ।

यस्तै कप्तान हेमन्त धामीले १ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९–२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई–दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक–एक विकेट लिए ।

लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको अन्तिम खेल नेपालले मंगलबार अफगानिस्तानविरुद्ध खेल्नेछ । अफगानिस्तान पनि लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ ।