काठमाडौँ – स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


ADVERTISEMENT


बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखको लागि आइतबार भएको मतदानमा वडा नं ७ को मतदान केन्द्रमा मतदान गर्दै मतदाता ।

गोरखा नगरपालिका वडा नम्बर ५ मा आइतबार भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक ।

स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष पदको लागि मतदान गर्न जाँदै ८५ वर्षीय मतदाता।

 

सबै तस्बिर : रासस