काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारको ध्यान नीतिगत तथा कानुनी सुधारमा केन्द्रीत रहेको बताएका छन् ।
बाह्रखरी मिडियाद्वारा आयोजित कथा प्रतियोगिताको नजिता सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले कानूनको अभावका कारण संघीय संरचनाले राम्रोसंग काम गर्न नसकेकाले सरकारले नीतिगत तथा कानुनी सुधारमा ध्यान केन्द्रीत रहेको बताए ।
उहाले सरकार, मन्त्री, सचिव, कर्मचारी, प्रहरी प्रशासन रहेपनि राज्यका निकायहरुले काम गर्न नसक्नुको कारण पहिचान गर्न खोजिएको उल्लेख गरे । चार महिनामा नतिजा आउने काम गर्न नसकेको भन्दै उनले बिग्रिएका कुराहरुलाई सुधार गर्नमात्रै ध्यान केन्द्रीत गरेको धारणा राखे ।
जनतालाई सुविधा दिनका लागि सिंहदरबार गाँउ गाँउमा पुराएपछि कानुनी अभावमा काम गर्नसक्ने परिस्थीति बन्न नसकेको उनको भनाई छ । गुरुङले सांसद किनबेच नगर्ने अवस्थामा दलहरु पुगे भन्ने विश्वास जनतालाई दिलाउन सक्नुपर्ने समेत बताए ।
त्यस्तै उनले आफु स्पष्ट बोल्ने भएकाले आफुले बोलेका केहि बिषयलाई अतिरञ्जीत गर्ने काम हुने गरेको गुनासो गरे । कार्यक्रममा यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा माग्युद् खोनालाई प्रथम पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै, कथाकार प्रमेय भण्डारीको कथा कृत्रिम सपना द्वितीय र कथाकार विवेक धिमालको कथा मैँले देखेको विद्यालयले तृतीय पुरस्कार प्राप्त गरेको छ ।



























































