हेटौँडा– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।
सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको र बिगत ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश ले ९ करोड बजेट बियोजन भएको र म मन्त्री हुनु भन्दा अगाडी पहिलेको मन्त्रीले खेलकुदको ज्ञान नभएको कारण १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जम्मा ३ करोड ९० लाख मात्र बजेट बिनियोजन गरेको उनले बताए ।
मन्त्री महर्जनले बागमती प्रदेशको खेलाडी सहाभागी बिना १० औ राष्ट्रिय खेलकुद हुन नसक्ने उनले बताए उनले । क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्नेछु ।’
उनले प्रदेशका नेपाली कांग्रेस बागमती प्रदेश सभापति माननीय ईन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिकाका पूर्व अध्यक्ष दामोदर खनालले आफुलाई खेलग्रामको विषयमा पहिले नै जानकारी गराइसकेको स्मरण गर्दै प्रदेश सरकारको तर्फबाट खेलग्रामको विकासका लागि सक्दो सहयोग गर्ने बताए । खेल क्षेत्रमा युवा आकर्षण बढाउँदै खेलेरै परिवार धान्न सक्ने अवस्था निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै बकैया गाउँपालिकाका पूर्व अध्यक्ष दामोदर खनाल र हालका उपाध्यक्ष भक्तबहादुर खत्रीले मकवानपुर जिल्ला बागमती प्रदेश राजधानी भएको कारण बकैया खेलग्रामलाई नमुना खेलग्रामको रुपमा विकास गरेर बकैयालाई खेलकुदमैत्री गाउँपालिका बनाउन हातेमालो गरेर अगाडि बढ्न मन्त्री महर्जनलाई अनुरोध गरे ।
कार्यक्रममा बकैयाका खेलकुद विकास संयोजक विजय लामालगायत स्थानीय राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरुले खेलकुद क्षेत्रको प्रवद्र्धनको सवालमा आ–आफ्ना धारणा राखेका थिए ।
२०७६ सालबाट युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाले वर्षेनी उक्त खेलग्रामका लागि बजेट विनियोजन गर्दै आएका छन् । हालसम्म १ करोड ५१ लाख रुपैयाँ खर्चेर फुटबल रंगशाला, प्याराफिट, व्यवस्थित शौचालय, टिकट काउन्टर तथा सुरक्षा कक्ष निर्माण गरिनुको साथै ५२ कठ्ठा क्षेत्रफलमा सिमेन्टेड वाल निर्माण गरिएको क्लबका अध्यक्ष कृष्ण घतानीले जानकारी दिए ।
खेलग्राम उद्घाटनकै अवसरमा आजबाट वडा स्तरीय फुटबल प्रतियोगिता समेत सुरु भएको छ । ७ दिनसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर, बारा र सर्लाहीका ८ वटा समूह सहभागी छन् ।
प्रतियोगिताको विजेता समूहले १ लाख ११ हजार १११ र दोस्रो हुने समूहले ५५ हजार ५५५ नगदसहित शिल्ड मेडल प्राप्त गर्ने घतानीले बताए ।






























































