काठमाडौँ– साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा ५ मंसिरमा पक्राउ परेका प्रसाईँलाई अदालतले सोही दिन अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
उनीविरुद्व विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ मुद्दामा अनुसन्धान भइरहेको छ । यससँगै महान्यायाधीवक्ताको कार्यालयले प्रसाईँमाथि मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।



























































