काठमाडौँ– मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् ।
यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षसम्मका लागि सीईओको कार्यभार सम्हाल्ने कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए ।
नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ । हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक पनि हुन् ।



























































