काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्ने बताएका छन् ।


ADVERTISEMENT


बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन् । विद्युत प्राधिकरणले पनि उद्योगीहरुले उपयोग गरेको विद्युतको बिल उपलव्ध गराउन सक्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राख्खे । पौडेलले सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे ।

उनले विद्युत प्रधिकरण आफै सबल र सक्षम नहुँदा सम्म काम गर्ने कर्मचारीहरु सबल हुन नसक्ने पनि बताए । पौडेलले कर्मचारीहरुको ५२ महिना देखि रोकिएको बीमा र सेवा सुबिधाका बारेमा सरकारले छलफलबाट समाधान निकाल्ने प्रतिवद्धता पनि जनाए ।