काठमाडौँ – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले नागरिकले मागेको सूचना नदिने संस्थालाई कारवाही गरिएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गुरुङले नागरिकले मागेको सुचना उपलव्ध गराउनु सबैको नैतिक दायित्व भएको भन्दै सुचना नदिने संस्थालाई कारवाही गरिएको बताएका हुन् ।
सूचना अधिकारी तोक्ने दायित्व सार्वजनिक निकायको भएको भएकाले सूचना अधिकारी नतोकेको आधारमा कारवाही गर्न भने आयोगले नमिल्ने उनले बताए । उनले सबै निकायलाई तोकिएको समयमा सूचना सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिए ।
बैठकले सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था अनुसार सूचना अधिकारी तोक्ने र कानून बमोजिम माग भएका सूचना उपलव्ध गराउने सम्बन्धमा अनुगमन गर्न सवै सार्वजनिक निकायहरुलाई निर्देशन दिएको छ भने सूचना उपलव्ध गराउने दायित्वलाई थप जिम्मेवार बनाउन सूचना आयोगले कार्ययोजना बनाइ कार्य गर्न पनि निर्देशन दिएको छ ।