काठमाडौँ– नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ ।


ADVERTISEMENT


एक समारोहमा यी दुई संस्थाबीच शेयर प्रत्याभूतिको सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरे ।

६ महिनासम्म लागू हुने उक् सम्झौता अनुसार इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने बताइएको छ।