काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले रवि लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिएर मानव अधिकार हनन गर्ने काम भएको बताएकी छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसद कार्कीले स्वास्थ्य अवस्थालाई ख्यान नै नगरी मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाले लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिएर मानव अधिकार हनन गर्ने काम राज्यले गरेको बताउएकी हुन् ।
उनले आफुहरुले लामिछानेमाथिको अनुसन्धानमा प्रभाव पार्ने काम नगरेको तर राज्यले एकपक्षीय ढंगले लामिछानेमाथि अमानवीय व्यवहार गरेको जिकिर गरिन् ।
उनले सबैलाई कानून समान हुनुपर्ने र मानवअधिकार उलंघन हुन नहुनेमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । यस विषयमा समितिले सरकारलाई आवश्यक ध्यानाकर्षण गर्नुपर्ने उनको भनाई छ ।
समिति सभापति रामहरि खतिवडाले अदालतमा प्रवेश गरेको विषयमा समितिले प्रधानमन्त्रीलाई कुनै प्रकारको निर्देशन दिन नमिल्ने बताए ।
रास्वपाले लामिछानेलाई सरकारले दुव्र्यवहार गर्नुका साथै मानवअधिकारसमेत हनन् गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी समेत दिइसकेको छ ।



























































