काठमाडौँ – शनिबारबाट काठमाडौंमा सुरु काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उद्घान खेलमा टिपटप हेल्प नेपालले भारतको क्यालीकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको हो ।
नेपाल भलिबल संघको आयोजनामा सुरु प्रतियोगितामा नेपाल सहित ४ राष्ट्रका ५ क्लब सहभागी छन् । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसी प्रतियोगीतामा सहभागी छन् । सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन्। लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
फाइनल खेल मंसिर २९ गते हुनेछ ।



























































