काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यापारिक कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे । उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्रीले अवगत गराए । सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।