काठमाडौँ– उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरुको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले अग्रजहरुको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउनुका साथै प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको उनले जनाए ।
उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएको सुनाए ।
अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि भएको सिंहको भनाइ छ ।
कार्यक्रममा महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पण गरिएको थियो । मंगलादेवी सिंहको जन्म वि.सं. १९८२ मंसिर २५ गते भएको थियो ।