काठमाडौँ– चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका छन् । उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका हुन् ।


ADVERTISEMENT


कप्तान रोहितले ब्याटिङमा पनि सर्वाधिक ८० रन बनाएका थिए । बलिङमा पनि रोहितले आज उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर स्पेलमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् ।


ADVERTISEMENT

# # #


मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

ब्याटिङ र बलिङ दुवैमा रोहितले ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ शैलीमा प्रदर्शन गरे । उनले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए । अन्तिम ओभरमा आउट हुनुअघि रोहितले ५७ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा ८० रन बनाए ।