काठमाडौँ– सहकारी ठगी प्रकरण मुद्दामा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।
पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । पर्साका एसपी कुमुध ढुंगेलले लामिछानेको बयान सुरु भएको बताए ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएअनुसार रविको बयान भोलिसम्म सकिन्छ । बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी छ ।
सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ । जोशी र खनाललाई आजै जहाजको सिमरा(काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी छ ।