सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधार शिला भएको बताएका छन् ।


ADVERTISEMENT


७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सुर्खेतमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कडेलले मानव अधिकार भनेको केवल कानूनको विषय मात्र नभएर समाज निर्माणको आधारशिला भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मानवअधिकारलाई सबै व्यक्तिको जन्मसिद्ध रूपमा प्राप्त आधारभूत अधिकार र स्वतन्त्रताको रुपमा लिइने हुँदा यसले असल र उन्नत समाज निर्माण सघाउ पुग्ने उनको भनाई छ । ‘हाम्रो संविधानले नै व्यक्तिको मानवअधिकारलाई मूल मान्यताका रूपमा स्वीकार गर्दे आधारभूत अधिकारको रुपमा अंगिकार मुख्यमन्त्री कडेलले भूगोलको जटिलता, अविकसित संरचना, गरिबी, र शिक्षा तथा स्वास्थ्यको पहुँचमा रहेका चुनौतीहरूले कतिपय क्षेत्रमा मानव अधिकारको प्रत्याभूत हुन नसकेको छैन’, उनले भने ।

सीमित व्यक्तिहरुले मात्र साधन श्रोतको र दोहन गरिरहने अबस्थाको अन्त्य तवसम्म मानव अधिकारको कुरा र हाम्रो समाजबीच ठूलो खाडल कायम रहने मुख्यमन्त्री कँडेल भनाई छ । मुख्यमन्त्री कँडेलले मानव अधिकार सबैको लागि भएपनि वास्तविक अर्थमा मानव अधिकार आवाजबिहिन, शोषित, सीमान्तकृत र पछाडि पारेका बर्गहरुको लागि विशेष आवश्यकता भएको उल्लेख गर्दे यस्ता वर्गका व्यक्तिहरुले आफ्नो हक निर्वाध उपभोग गर्न सक्ने वातावरण र पूर्वाधारको विकास गर्न राज्यसहित सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने अवस्था बताए ।

सरकारको एक्लो प्रयासले मात्र मानवअधिकार संरक्षणमा पर्याप्त हुँदैन। प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालन गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा उहाँको जोड थियो । उनले आफनो अधिकार उपभोग गर्दा अरुको अधिकार हननमा हेक्का राख्नुपर्ने चर्चा गर्दे अधिकारसँगै दायित्वको विषयमा पनि नागरिकलाई सचेत गराउनुपर्ने जोड दिए ।