काठमाडौँ– श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ ‘जीवन सञ्जीवनी’ नेपालीमा अनुवाद भएको छ ।


ADVERTISEMENT


आज एक समारोहबीच गीताको १८ अध्यायको पाठ एवम् गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी श्री रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाले गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराए। उनले गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार, गीताप्रेस नेपालको स्थापना पछि हालसम्म ५५ भन्दा बढ़ी पुस्तकहरु नेपाली भाषामा अनुवादित भएका छन् । यसैगरि, १८ पुराणलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य रहेकोमा श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुरण, श्री विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको उनले जनाए ।

वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराजको सान्निध्यमा एवं महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्य र पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. गोविन्द टण्डनको विशिष्ट आतिथ्य रुपमा उपस्थित जनाएका थिए ।

कार्यक्रममा विभिन्न धर्म संस्कृतिसंग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।