काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् ।
यसैगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ता लगाएतले पनि सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि कांग्रेस सभापति देउवाले पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेको स्मरण गनरे ।
त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएर लागेको सिंहले मुलुकको परिवर्तनमा निकै महत्वपूर्ण योगदान दिएको बताए । उनको ८७ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको हो ।































































