डोटी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।