भैरहवा– गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।


ADVERTISEMENT


मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले अर्को पटक सीमा क्षेत्रमा तस्करी र राजस्व चुहावटमा भएका कमजोरी सुन्न नपर्ने गरि काम गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन् । लुम्बिनी प्रदेशमा राजश्व चुहावट धेरै नै हुने गरेको गुनासो आएकाले त्यसमा विशेष ध्यान दिन समेत उनको निर्देशन छ ।


ADVERTISEMENT

# # #


संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी गरेको उनले जनाए । उनले राज्यले शान्ति सुरक्षा दिन सकेमात्रै नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्न सक्ने धारणा राखे ।

उनले संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन सवैको जिम्मेवारी भएको बताए । लेखकले अहिले सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै अहिलेको समिकरण ८४ सालसम्मै जाने जिकिर गरे ।