काठमाडौँ– सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी ठग जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले संसदीय विशेष समितिले दिएको प्रतिवेदन अनुसार कारवाही प्रक्रिया अघि बढेको र सहकारी ठग जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताउएका हुन् ।
ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी गरिसकेको उनले जनाए ।
त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको उनको भनाइ छ । उनले रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै न्यायालयको आदेशलाई सबै स्वीकार गर्नुपर्नेमा जोड दिए ।
रास्वपाको विरोध प्रदर्शनलाई उहाले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको संज्ञा दिए ।































































