काठमाडौँ– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै पनि अमर्यादित व्यवहार भएयो भन्ने कुरा गलत प्रचार भएको बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको एक फरक प्रसङ्गमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
एक फरक प्रसङ्गमा बोल्दै उनले गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।
उनले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नगरेको दाबी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए।
‘लाखौँ गरिब मान्छेको अर्बौँ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन’ उनले भने।
दिनभरि काम गरेर, भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भीड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो, मकै पोल्ने ठेला चलाउनेको न्याय खोइ ? उनले प्रश्न गरे ।
गृहमन्त्री लेखकले काठमाडौंमा पक्राउ परेका उनी हवाई जहाजमा पोखरा जान नमानेको बताउँदै चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क भएको बताए।
काठमाडौंबाट पोखरा जाँदा सडकबाटै लैजान भन्ने त्यो बेला रातारात जाऊ भनेका रविजीले त्यो बेला मानवअधिकार हनन भयो नभनेको तर चितवनबाट पोखरा लाँदा मानवअधिकार हनन भयो भन्न नमिल्ने उनको भनाइ छ। ‘तर रविजीले अदालतसमक्ष यो कुरा भन्नुभएको छैन, बाहिरको कुरा मात्रै हो’ उनले भने।
मन्त्री लेखकले भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो ? भन्दै प्रतिप्रश्न समेत गरे । उनले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दाबी गरे ।
गृहमन्त्री लेखकले गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाइल रोक्न प्रहरीलाई दबाब दिने काम बेठीक भएको बताएका छन्। ‘अनुसन्धान र कारबाही प्रमाणका आधारमा गर्ने हो, गृहमन्त्री फेरिँदा निकटका मान्छेको फाइल रोक्ने र अरूको फाइल अगाडि बढाउने प्रवृत्ति गलत हो’ गृहमन्त्री लेखकले भने।
गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको बताए। नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्र र पत्रकारिताको बलियो सम्बन्ध भएको बताए। लेखकले लोकतन्त्रलाई जीवन्त राख्न पत्रकारिता र स्वतन्त्र प्रेसका लागि लोकतन्त्र आवश्यक भएको बताए।