बाजुरा– ईसेवा मनि ट्रान्सफरले बाजुराको विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तक र ल्यापटप हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


ईसेवाले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बाजुराको पार्वती माध्यमिक विद्यालयलाई सो सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारी तथा व्यक्तिहरूको उपस्थितिरहेको थियो ।


ADVERTISEMENT

# # #


शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीको भनाई छ ।

समारोहलाई सम्बोधन गर्दै अधिकृत कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरि, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे।

वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका(९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्। ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।