काठमाडौं–प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेत राखिएको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम कर्णाली राखेको मन्त्री दलबहादुर रावलले जानकारी दिए । उता राजधानी भने सुर्खेत तोकिएको छ ।


ADVERTISEMENT


यसअघि नाम र स्थायी राजधानीका लागि दुई-दुईवटा नाम प्रस्ताव गरिएको थियो । ‘भेरी कर्णाली’ र ’कर्णाली’ प्रस्तावको नाम प्रस्ताव गरिएको थियो । राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित गरिएको थियो । अन्ततः शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको नाम ‘कर्णाली’ बनाउने निर्णय गरेको छ । राजधानी विषयमा छलफल भइरहेको मन्त्री रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदका कर्णालीको हावी भएका कारण प्रदेशको नाम कर्णाली राख्न सहज भएको हो । मुख्यमन्त्री महेन्दबहादुर शाही, मन्त्रीहरु नरेश भण्डारी र रावल कर्णालीबाट छन् । केन्द्रीय सरकार यसअघि प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिदिएको थियो ।