काठमाडौँ– ‘खाने मुखलाइ जुँगाले छेक्दैन’, भने जस्तै प्रतिभा भएपछि केही कुराले पनि रोक्न सक्दैन भन्ने कुरा चरितार्थ भएको छ गीतकार शंकर अधिकारी घायलको जीवन ।


ADVERTISEMENT


सानै देखिको लेखक बन्ने आपना उनले काठमाडौँ आएपछि पूरा गरे । जीवनको पहिलो गीत चलचित्र मैदानमा लेखेपछि घायलले एकपछि अर्काे अवसर पाउदैँ गए । अझ दादागिरी चलचित्रको गीत ‘तिम्रो आखामा बस्ने सफल भएपछि…’ ले उनको गायन लेखनको यात्रा उकालो लाग्दै गयो ।


ADVERTISEMENT

# # #


किस्मत, खलनायक, नसिब र आफ्नोजस्ता चलचित्रका गीत लेखेका उनलाई अन्दाजको ‘सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला’ गीतले थप उचाइ दियो । गीत लेख्दा लेख्दै उनको यात्रा चलचित्र लेखन र निर्देशन तर्फ मोडियो । केही वर्षपछि पुनः गीत लेखनमा कमब्याक गर्दै घायलले ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मार्फत अर्काे चर्चा बटुले ।

गणपती चलचित्रको उmनभित्र गुण फुल्ने, एक भागवत एक गीताको ‘मायालाई चिनो हातैमा’, रेखा थापाको उपहारको ‘वा वा वा’ हुँदै रोशन श्रेष्ठको ‘यो मन त मेरो नेपाली हो’ सम्म आइपुगेका घायलको गीत लेखन यात्रा अझै जारी छ ।

अब उनको पहिचान गीतकारमा सिमित रहने छैन ।उनले बाबू शाहेब बलामीको निर्देशनमा अन टाइटल चलचित्रको गीतको संगीत र रेकर्डिङमा व्यस्त छन् ।