काठमाडौँ – जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर्समा कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय १८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९ ओभरमा ८ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


सामान्य चुनौती पाएको उत्रिएको जनकपुरको सुरुवात खराब भयो । उसले १९ रन बनाउँदा सुरुवाती ३ विकेट गमायो । त्यसक्रममा कप्तान आशिफ शेख ४, शुभ कंशाकार ३ र लाहिरु मिलान्थाले २ रन बनाए । ५८ रन बनाउँदा जनकपुरले ५ विकेट गुमाएपछि दबाबमा आएको थियो । तर, जेम्स निश्शमले विष्फोटक ब्याटिङ गर्दै जितको नजिक पुर्याए । उनले १७ बलमा २ चौका र ५ छक्का ठोके । उनलाई कर्णालीका १६ वर्षीय विपीन शर्माले बोल्ड आउट पारेपछि खेल कर्णालीतर्फ फर्किएको थियो ।

जनकपुरका लागि रनआउट हुनुअघि हर्ष थाकरले १७ तथा मयन यादवले १४ रन बनाए भने शेर मल्ल १६ रनमा नटआउट रहे । बलिङतर्फ कर्णालीका विपीन शर्माले सर्वाधिक ३ विकेट लिए । अन्तिम ओभरमा निश्शम र मोहम्मद मोसिनको विकेट लिएका उनले ४ ओभरमा १७ रन खर्चिए । यस्तै कप्तान सोमपाल कामी, विल बसिस्टा र जिशन मक्सूदले समान १–१ विकेट हात पारे ।

यसअघि कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाए।

ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।

जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए । हर्ष थाकर र शेर मल्लले समान १–१ विकेट झारे ।