काठमाडौं –नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईको कथा संग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ ।


ADVERTISEMENT


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा एसएसपी भट्टराईद्वारा लिखित कथा संग्रह “दृश्य प्रलेख” को सार्वजनीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कथा संग्रह भित्र १७ शीर्षकमा मानिसहरूले भोगेका देखेका सामान्य भन्दा सामान्य जीवनशैलीका कहानीहरूलाई पाठकले सहजसंग बुझ्ने भाषा प्रयोग गरी तयार पारिएको छ ।

राष्ट्र सेवा संगै नेपाली साहित्यमा कलम चलाउन सफल एसएसपी भट्टराईको कृतिलाई नेपाल प्रहरी, साहित्य लगायत विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरूले उच्च प्रसंसा गरेका छन् ।