काठमाडौँ – सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरुलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा पुष ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोवार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

सो क्रममा प्रवक्ता गुरुङले मुलुकमा आर्थिक लगाएतका धेरै समस्या देखिएका कारण ठूला दल मिलेर स्थायित्वका लागि सरकार बनाउनुपरेको बताए ।

राष्ट्रिय राजनीतिकको अस्थिरता अन्त्य गर्दै मुलुकको समृद्धि र विकासमा सरकारको ध्यान रहेको उनले बताए । गुरुङले वर्तमान सरकार बनेको प्रति केहीलाई चित्त नबुझेकाले विभिन्न भ्रम छर्ने कोसिस भइरहेको जिकिर गरे ।

उनले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताए । गुरुङले ८४ सम्म दुई दल मिलेर सरकार बनाउने र त्यसपछि ठूला दलहरु नै प्रतिष्पर्धामा उत्रने धारणा राखे ।