काठमाडौँ – एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।


ADVERTISEMENT


एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन बिमानस्थलमा क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए । शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।


ADVERTISEMENT

# # #


स्वदेश फर्किपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेश्रो स्थान हासिल गर्दा खुसी लागेको बताए । उनले खेलहरु राम्रो भइरहदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरिन् ।

त्यस्तै महिला यु–१९ नेपाली टोलीका प्रशिक्षक महेश रिजालले यु–१९ एसिया कपको नजिता सन्तोष जनक र अनुभव प्राप्त भएको बताए ।

नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो । त्यस्तै सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।