हेटौडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालयमा एउटा गाउँपालिकाको जति पनि बजेट नभएको उनले एक खेलकुद कार्यक्रममा गुनासो ब्यक्त गरे। आफू खेलकुद मन्त्री नियुक्त भएर आउनु भन्दा पहिले नै बजेट बिनियोजन भई सकेको र म भन्दा पहिलेको मन्त्रीले खेलकुद मन्त्रालय र युवा परिषदमा बजेट नै बिनियोजित नगरेको कारण सोचेको जस्तो खेलकुद गतिविधि अगाडी बढ्न नसकेको उनको भनाई रहेको छ। ९ औ राष्ट्रिय गेमको बागमती प्रदेश सरकरले ९ करोड बजेट बिनियोजित गरेको थियो।
तर १० औ राष्ट्रिय गेमको लागी जम्मा ३ करोड ८४ लाख मात्र बजेट छ। जबकी ९ औ राष्ट्रिय गेममा २६ वटा खेलको सहभागिता रहेको थियो। १० औ राष्ट्रिय गेममा २६ बाट ३६ गेमको सहभागीता रहने छ। यो बजेट त पहिलेको मन्त्रीले बिबेक पुर्याउनु पर्थ्यो, तर मन्त्री जानेर होकि नजानेर होकि खेलकुदको ज्ञान नभएर होकि बजेट नै हाल्नु भएन। मन्त्री महर्जन थप बजेटको लागि मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालय दिन दिनै धाई रहेका हिमालय पोष्टलाई खबर समाचार प्राप्त भएको छ।
१० औ राष्ट्रिय गेममा बागमती प्रदेशको सहभागीता बिना १० राष्ट्रिय गेम रौनक नहुने मन्त्री महर्जनको भनाई रहेको छ। त्यति मात्र होइन खेलाडी पुरुस्कार पनि जम्मा १ लाख मात्र राखेको छ। भौतिक पुर्बाधारको कुरै छोडौ। आफू सानै उमेर देखि खेलकुद क्षेत्रमा लागेको खेलकुदको राम्रो ज्ञान भएकै कारण रोजेको र खेलाडीहरुको हकहितको लागि खेलाडीहरु उज्वल भबिस्यको लागि खेलकुद बिकास बिस्तारको अहोरात्र प्रतिबद्ध भएर लागि नै रहने मन्त्री महर्जनले बताए।
आफू खेलकुद मन्त्री भए लगत्तै पारा ओलम्पिक गेममा कास्री पदक बिजेता पलेशा गोबर्धनलाई १० लाख नगद पुरुस्कार र एसियन गेममा रजत पदक बिजेता एरिका गुरुङलाई नगद रु ५ लाख नगद पुरुस्कार सहित प्रदेश राजधानी हेटौंडामा खेलाडीहरुको र्याली सहित सम्मान गरेको हुनले बताए। जबकी यो भन्दा पहिलेको सरकारले यस्तो खेलाडी सम्मान कार्यक्रम गरेकै थिएन। महर्जन करातेका अन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री र राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत रहि सकेको ब्यक्ती हुन् । मन्त्री महर्जन खेलकुद जगतका एक हस्ती नै मानिन्छ।





























































