काठमाडौँ– सार्वजनिक लेखा समितिको बैठक सम्पन्न भएको छ । करिब चार महिनापछि बसेको बैठकमा सांसदहरुले समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका हुन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छाया जस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गरे ।


ADVERTISEMENT

# # #


सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिबिरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उनको भनाई छ । सांसद मोदीले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेको भन्दै यसबारे केहि न केहि जवाफ दिनुपर्ने जिकिर गरे । उनले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्नेमा जोड दिए ।

यसैगरि, एमाले सांसद योगेश भट्टराईले पनि लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए । आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरुमाथि नियमन गर्न सहज हुने उनले जनाए । उनले सभापति र उहाको परिवारका बिषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिए । उनले समिति सभापति परिवर्तन गर्ने विषयमा राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गरे ।

जवाफमा समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रुपमा आफुमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिएको बताए । कानूनी प्रक्रियामा रहेका बिषयको सबै परिक्षामा समावेश हुन आफु तयार रहेकाले समितिमा यस बिषयका केहि नबोल्ने उनले जनाए । पोखरलले सभापति चयनका विषयमा दलहरुबीचको सहमति स्वीकार्य हुने धारणा व्यक्त गरे ।