काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बनविरुद्व अदालत जाने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानून विपरित निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापतिसमेत रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र (दर्ता नं. २०८१–०१–०४३५) दर्ता भएको थियो ।
यससम्बन्धी विवरणसहितको पत्र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार फैसला नआउँदाको अवधिसम्मका लागि रविलाई निलम्बन गरेका हुन् ।
सभापतिो यस निर्णयप्रति आपत्ति जनाउदैँ हिजै रास्वपा रास्वपाका तीन सांसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए । पार्टीका प्रमुख सचेतक सन्तोष परियार र सांसदद्वय सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर छलफल गरेका हुन् ।
संसद नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने उनीहरुको तर्क छ । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।