काठमाडौं–देशै भरी हातीपाईले रोग निवारण गर्ने उदेश्यले अभियानका रुपमा सरकारले औषधी खुवाउने कार्यक्रम सञ्चालन गरे पनि मोरङ बेलबारी स्वास्थय चौकीका कर्मचारीका कारण यो अभियान यहाँ प्रभावकारी होला भन्ने शंका देखिएको छ ।


ADVERTISEMENT


लाखौं रुपैया खर्च गरेर सरकारले कार्यक्रम ल्याए पनि स्वास्थकर्मीले ध्यान नदिँदा सेवाग्रहीले औषधी खानबाट समेत बञ्चित भएका छन् । हातीपाईले रोगको औषधी फागुन १२ देखी १४ गते सम्म खुवाईने निर्णय संगै स्वास्थ्य मन्त्रालयलले तिन दिन नै स्वास्थय संस्था खोल्न आगह गरेको छ ।


ADVERTISEMENT

# # #


तर मोरङ बेलबारी ९ मा रहेको डागीहाट स्वास्थ चौकी बिदाको दिन भन्दै बन्द गरी सरकारी निर्णयलाई बेवास्ता गरेको छ । सरकारले यस कार्यक्रमका लागी भने छुटै बजेटको बिनियोजन गरेको छ ।

सरकारले स्वास्थकर्मीलाई कार्यक्रम सञ्चालन गरे वापत अतिरिक्त भत्ता समेत उपलब्ध गराउदै आएको छ तर यहाँका कर्मचारी भने भत्ता लिएरस्वास्थ चौकी खोलेका छैनन् ।

५ जना कर्मचारी रहेको यस स्वास्थ्य चौकीका कुनै पनि कर्मचारी आज कार्यालयमा आएका थिएन । आज कार्यालय किन नखोल्नु भएको भनेर प्रमुख चन्द्र दाहाललाई सोध्दा उनले भने ‘म सरकारी जागरी हुँ बिदाको दिन किन कार्यालय कहाँ खोल्ने गरेको छ र’ जवाफ दिए ।

उनले ‘भने म नगरपालीकाको अनुगमनमा निस्केको छुँ’। तर नगरपालीकाले भने स्वास्थय फाँटका समयोजक तथा सहसमयोजकलाई अनुगमन गर्ने जिम्मा दिएको थियो ।

औषधी खुवाउँदा कोहि बिरामी परेमा तुरुन्त स्वास्थ संस्था लैजान भनी प्रचार प्रसार गरे पनि स्वास्थ कार्यालय नै नखुल्दा औषधी खान समेत बिरामी बञ्चित भएका छन् ।