काठमाडौं–हात्ती धपाउन निस्केको सेनाको जिपमा क्षति भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको अम्रेनी गाउँमा हात्ती धपाउन पसेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेपछि क्षाति भएको हो ।


ADVERTISEMENT


जिपमा तीन जना सेना, निकुञ्जका दुई कर्मचारी र चालक सवार थिए । हात्ती आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #