काठमाडौँ – भारतका प्रसिद्ध गायक सोनु निगम काठमाडौं आएका छन् । सोनु निगम लाइभ इन नेपाल सांगीतिक कार्यक्रमका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।


ADVERTISEMENT


काठमाडौंमा सोनु निगमलाई कमेडियन सन्दीप क्षेत्री लगाएत आयोजकले स्वागत गरेका थिए । काठमाडौं आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले समयको निकै चाप भए पनि नेपाली प्रशंसकलाई भेट्न आफु नेपाल आएको बताए । उनले नेपाल आउदा निकै उत्साहीत भएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नेपाली टच नेपालले क्रिसमसको अवसर पारेर सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।