काँकडभिट्टा–सीमासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि उल्लंघन गर्दै भारतले दशगजामै एस्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा उठाइरहेको छ । भारतीय पक्षले लामो समयदेखि सीमा नदी मेची दोहन गरिरहँदा नेपाली अधिकारी मौन छन् ।


ADVERTISEMENT


सीमासम्बन्धी महासन्धिमा दशगजा क्षेत्रवरपर कुनै किसिमको गतिविधि गर्न नपाइने प्रस्ट उल्लेख छ । तर, यहाँको ४७ नम्बर सीमा स्तम्भनजिकै भारतले खुलेआम नदी उत्खननगरिरहेको छ । सीमासम्बन्धी विषयका जानकार प्राध्यापक चिन्तामणि दाहालका अनुसार दशगजावरपर नेपाल र भारत दुवै देशले कुनै किसिमको गतिविधि गर्न मिल्दैन ।


ADVERTISEMENT

# # #


भारतपट्टि निर्माणाधीन एसियाली हाइवेको सम्पूर्ण संरचना निर्माणमा मेचीकै गिट्टी, बालुवा र ढुंगा प्रयोग गरिएको छ

भारतीय सीमा सुरक्षाबल (एसएसबी) को प्रत्यक्ष संलग्नतामा नदी दोहन भइरहेको स्थानीयको भनाइ छ । ‘बालुवा उठाउन्जेल दिनभर एसएसबीले गस्ती गरिरहन्छ’, एक स्थानीयले भने । भारतले मेचीनगरको सतिघट्टादेखि इलामसँग सीमा जोडिएको तिरिङसम्मै नदीबाट निर्माण सामग्री निकालिरहेको छ ।

खासगरी भारतपट्टि निर्माणाधीन एसियाली हाइवेको सम्पूर्ण संरचना निर्माणमा मेचीकै गिट्टी, बालुवा र ढुंगा प्रयोग गरिएको छ ।

यसअघि नक्सलवाडीमा निर्मित राष्ट्रिय रेलवे स्टेसन र बाघडुग्रा विमानस्थलको स्तरोन्नतिका लागि पनिमेची नदीकै सामग्री प्रयोगगरिएको थियो । भारतलेमेचीकै ढुंगा बंगलादेशसमेत पठाइरहेको छ ।